कुल्च हामीलाई- तिम्रा ती निर्मम बुटहरूले, ठोक हामीलाई- तिम्रा ती संगिनका कुन्दाहरुले, उडाउ हामीलाई- तिम्रा ती ताता गोलीहरूले, बाँध हामीलाई- तिम्रा ती क्रूर साँलाहरुले…

कुल्च हामीलाई
तिम्रा ती निर्मम बुटहरूले,
ठोक हामीलाई
तिम्रा ती संगिनका कुन्दाहरुले,
उडाउ हामीलाई
तिम्रा ती ताता गोलीहरूले,
बाँध हामीलाई
तिम्रा ती क्रूर साँलाहरुले,

हामीलाई अझै दबाउ
किनभने
तिम्रा क्रुरता आनी
तिम्रा निरंकुशताहरु
हाम्रा क्रन्तीका आधार हुन्,
विद्रोहका लागी दबाब हुन्
छाती भित्रका मसालका लागी
ज्वलनशील पदार्थ हुन्
र, तिम्रा अत्याचारको पराकाष्ठा नाघेपछि
एक दिन हामी
छाती चिरेर
तिम्रा विरुद्ध
मसाल बाल्नेछौं
तीम्रा निरकुंशताले दन्किएका मसालहरु
तिम्रा विरुद्ध उठाउने छौँ
त्यस बखत
तिम्रा सारा शक्तिका साधनहरु
गरुढको छायाँ मुनीको सर्प जस्तै हुनेछन्,

छालाका बुटहरू
सगिंनका कुन्दाहरु
ताता गोलीहरू
कठोर साङ्लाहरु
सबै सबै
कान्ति युक्त भाभाका अगाडि
नतमस्तक रहनेछन्,

हातमा मसाल बोकेका मसालधारीहरु
तिम्रा निरंकुशताका विरुद्ध
तिम्रा आँगन अगाडि बाट
विजय पथमा अगाडि बढिरहने छन
त्यस बखत तिमीहरू
मात्र हेरिरहने छौ
आँखा च्यातेर ।